नेप्सेमा ७१ अंकको वृद्धि, सात अर्बमाथिको कारोबार
काठमाडौं, मंसिर १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ। लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै...
काठमाडौं, मंसिर १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ। लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा आज पनि ७१ अंकको वृद्धि देखिएको हो। नेप्से र कारोबार रकम समेत आज नयाँ विन्दुमा पुगेको मात्रै छैन, नयाँ रेकर्ड पनि कायम भएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ७०.६२ ले वृद्धि भई दुई हजार ७१.०२ मा पुगेको छ। नेप्सेले हालसम्म कायम गरेको मध्ये यो हालसम्मकै उच्च विन्दु हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.२५ ले वृद्धि भई ३९६.०४ मा पुगेको छ। कूल २०१ कम्पनीको एक करोड ५५ लाख ६४ हजार ४२७ कित्ता सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँ मूल्यमा कारोबार भएको छ।
स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ। व्यापार उपसमूह १६.६३ विन्दुले ओरालो लाग्दा बैंकिङ ६.३८, होटल ५१.१६, विकास बैंक २२.९, जलविद्युत् ८८.९९, वित्त ३.७६, निर्जीवन बीमा २४४.८२, उत्पादन ३०३.१२, अन्य १४०.८९, लघुवित्त २३२.५६, जीवन बीमा ६०८.७३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले उकालो लागेको छ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको कूल ४० करोड सात लाख ८३ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भयो। यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी ३० करोड ६२ लाख दुई हजार ६८६ रुपैयाँ, नबिल बैंक २२ करोड ८० लाख ३६ हजार ३५१ रुपैयाँ, हिमालयन डिस्टिलर २२ करोड १५ लाख ९५ हजार ५९२ रुपैयाँ, नेसनल लाइफ इन्सुरेन्स १९ करोड ९८ लाख ६० हजार २७४ रुपैयाँ, नेको इन्सुरेन्स १८ करोड ६७ लाख १० हजार ३२७ रुपैयाँ, नागरिक लगानी कोष १६ करोड ३६ लाख ३४ हजार २९२ रुपैयाँ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे।
स्टकका अनुसार, महिला लघुवित्त वित्तीय संस्था १०, साञ्जेन जलविद्युत् कम्पनी १०, जनउत्थान सामुदायिक लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स १०, विजय लघुवित्त वित्तीय संस्था १०, हिमालयन डिस्टिलरी १०, लक्ष्मी लघुवित्त वित्तीय संस्था १०, नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाए। यस आधारमा आज १० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, युनिलिभर नेपाल ५.१९, नेपाल बङ्गलादेश बैंक ३.३४, अरुण भ्याली हाइड्रोपार २.३९, जोशी हाइड्रोपावर २.३८, साल्ट टे«डिङ कर्पोरेसन २.०८, हिमालयन जनरल इन्सुरेन्स १.९३ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.७५ प्रतिशतले गुमाए।










-1754206481.jpg)
