Kathmandu Press

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

काठमाडौं, मंसिर १७ : ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको...
ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

काठमाडौं, मंसिर १७ : ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्। 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताए। ठमेलको रात्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उनको भनाइ छ। अध्यक्ष राणाले ठमेललाई खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताए। ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गरे।

प्रकाशित मिति: ०१:४७ बजे, बिहीबार, मंसिर १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्