Kathmandu Press

प्रदेश नं १ मा थपिए ९२ नयाँ संक्रमित

मोरङ, मंसिर १७ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा गरिएको ४९५ जनाको...
प्रदेश नं १ मा थपिए ९२ नयाँ संक्रमित

मोरङ, मंसिर १७ : प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा गरिएको ४९५ जनाको पीसीआर परीक्षणमा ३३ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

संक्रमितहरुमा झापामा २६, सुनसरीमा २१, मोरङमा २० मध्ये विराटनगरमा १३, इलाममा २०, धनकुटा र उदयपुरमा दुई÷दुई र पाँचथरमा एकजना रहेका छन्। प्रदेशमा संक्रमितको सङ्ख्या अहिलेसम्म २७ हजार ५३३ पुगेको छ। प्रदेशमा आज ५० जना सङ्क्रमितहरु होम आइसोलेसन र विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। निको हुने सङ्क्रमितहरुमा होम आइसोलेसनबाट ४३, मेची अस्पतालबाट ६ र विराट मेडिकल कलेजबाट एकजना रहेका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४२७ पुगेको छ।

यस प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: ०१:४१ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्