रसायनिक मलको अभाव नरहेको कृषि मन्त्रालयको दावी
काठमाडौं, मंसिर १७ : देशका कुनै पनि ठाउँमा रसायनिक मलको अभाव नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दावी छ। मन्त्रालयले पत्रकार सम्मलेनमार्फत गहुँ,...
काठमाडौं, मंसिर १७ : देशका कुनै पनि ठाउँमा रसायनिक मलको अभाव नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दावी छ। मन्त्रालयले पत्रकार सम्मलेनमार्फत गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक पर्ने मल धेरै मात्रामा उपलब्ध भइरहेको भन्दै हल्लाको पछि नलाग्न कृषकलाई आग्रह गरेको छ।
कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले भने, ‘धेरै मात्रामा मल उपलब्ध भएर वितरण भइरहेका छन्, खरिद भइसकेका मल पनि निरन्तर मुलुकमा भित्री रहेको छ।’ उनले कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत डीएपी, पोटास र युरिया मलको वितरण भइरहेको पनि बताए।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया छिटै ल्याउने मन्त्रालयले जनाएको छ।
त्यस्तै कृषि सामग्री कम्पनीसँग ३०० मेट्रिक टन पोटास, १३ हजार ८२१ मेट्रिक टन डीएपी, १२ सय मेट्रिक टन युरिया रहेको छ। उसले ९ हजार ७०४ मेट्रिक टन पोटास, ३० हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिँदै गरेको पनि मन्त्रालयको दावी छ।











