Kathmandu Press

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडौं, मंसिर १७ : काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ। वास्तविक क्षेत्रलाई समेत...
चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडौं, मंसिर १७ : काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ। वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै सो कम्पनीले साधारण शेयर बिक्री गरेको हो। 

कम्पनीले स्थानीय आयोजना प्रभावितलाई आजदेखि साधारण शेयर बिक्री गर्न थालेको हो। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा आयोजना प्रभावितलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो। पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ। कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर १०० रुपैयाँका दरले तीन लाख ५ हजार ८१९ रुपैयाँ कित्ता बिक्री गर्नेछ। 

आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका– ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३, ४, ५, ६, ७, ८, एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ र १० छन्। बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ। यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ। 

कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ। धितोपत्र बोर्डबाट कम्पनीले १८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ। साधारण शेयर बिक्रीपछि कम्पनीको कूल चुक्तापूँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीमा ८८५ जनाको संस्थापक लगानी छ।

प्रकाशित मिति: २०:२७ बजे, बुधबार, मंसिर १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्