Kathmandu Press

सन्नी देओललाई कोरोना संक्रमण

मुम्बई, मंसिर १७ : बलिउड अभिनेता सन्नी देओललाई कोरोना भाइरसको संक्रमण भएको छ।उनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्। उनी...
सन्नी देओललाई कोरोना संक्रमण

मुम्बई, मंसिर १७ : बलिउड अभिनेता सन्नी देओललाई कोरोना भाइरसको संक्रमण भएको छ।

उनले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्। उनी केही दिनयता मनालीको दशाल गाउँमा रहेका छन्। परिवारसँगै दशाल पुगेका थिए।

उनको परिवार पनि सँगै फर्किएको थियो। फर्किएपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो। उनको परिवारका अन्य सदस्यलाई भने कोरोना देखिएको छैन।

उनी अहिले होम आइसोलेसनमा बसिरहेका छन्। उनको स्वास्थ्यमा कुनै समस्या नरहेको जनाएको छ।

 

प्रकाशित मिति: २०:०१ बजे, बुधबार, मंसिर १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्