Kathmandu Press

आर्यनसँगै ‘डिसेम्बर फल्स’मा उपासना

काठमाडौं, मंसिर १७ : नयाँ फिल्म ‘डिसेम्बर फल्स’मा अभिनेत्री उपासना सिंह ठकुरीले अभियन गर्ने भएकी छिन्।केही साता अघि घोषणा गरिएको यस फिल्ममा अभिनेताका...
आर्यनसँगै ‘डिसेम्बर फल्स’मा उपासना

काठमाडौं, मंसिर १७ : नयाँ फिल्म ‘डिसेम्बर फल्स’मा अभिनेत्री उपासना सिंह ठकुरीले अभियन गर्ने भएकी छिन्।

केही साता अघि घोषणा गरिएको यस फिल्ममा अभिनेताका रुपमा आर्यन सिग्देल अनुबन्धित भएका थिए। अब यसमा आर्यनसँगै उपासना देखिने भएकी छन्।

उपासनाले यस अघि फिल्म ‘क्याप्टेन’मा अभिनय गरेकी थिइन्। यसमा आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, नरेश भट्टराई, दयाराम दाहालको पनि अभिनय रहनेछ।

रामप्रसाद रिजालले निर्माण गर्न लागेको यस फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता र प्रविन झा निर्देशक रहेका छन्। यसको छायाँकन रवि नाइडुले गर्नेछन्।

 

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, मंसिर १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्