Kathmandu Press

सुदूरपश्चिममा ११ हजार नाघे कोरोना संक्रमित

धनगढी, मंसिर १७ : सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ।प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहानसम्म संक्रमितको संख्या ११ हजार तीन...
सुदूरपश्चिममा ११ हजार नाघे कोरोना संक्रमित

धनगढी, मंसिर १७ : सुदूरपश्चिममा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहानसम्म संक्रमितको संख्या ११ हजार तीन सय ५२ पुगेको छ।

जसमध्ये सबैभन्दा बढी कैलालीमा चार हजार सात सय ७४, अछाममा एक हजार दुई सय ३५, बैतडीमा पाँच सय ८३, बझाङमा सात सय ६३, बाजुरामा चार सय ८३, डडेल्धुरामा पाँच सय ५३, दार्चुलामा तीन सय २१, डोटीमा एक हजार तीन सय ५५, कञ्चनपुरमा एक हजार दुई सय ७५, अन्य जिल्लाका २६ र अन्य प्रदेशका दुई जना रहेका छन्।

अहिलेसम्म नौ हजार पाँच सय १७ जना निको भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या एक हजार सात सय ९६ रहेको छ।

कोरोनाबाट ३९ जनाको ज्यान गएको छ। जसमा कैलालीका २०, कञ्चनपुरका पाँच, बझाङ र डडेल्धुराका तीनतीन, अछाम, बाजुरा, दार्चुलामा दुईदुई तथा बैतडी र डोटीका एकएक जना छन्।

 

प्रकाशित मिति: १८:१५ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्