Kathmandu Press

सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि

काठमाडौं, मंसिर १७ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो  लागेको छ। छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले वृद्धि...
सुनको मूल्यमा ५०० रुपैयाँले वृद्धि

काठमाडौं, मंसिर १७ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो  लागेको छ। छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ९१ हजार रुपैयाँमा कारोवार भएको छ।

छापावाला सुन मंगलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोवार भएको थियो। सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ। 

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रतितोला ९० हजार ५० रुपैयाँमा मंगलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० रुपैयाँमा कारोवार भएको छ। 

यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोवार भएको छ। चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा मंगलबार कारोवार भएको थियो। चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ।  

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्