Kathmandu Press

माहुरीकाे टाेकाइबाट सप्तरीमा गर्भवतीको मृत्यु

सप्तरी, मंसिर १७ : माहुरीकाे टाेकाइबाट सप्तरीमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ।सप्तरीको रुपनी गाउँपालिका १ रुपनी बजारकी २४ वर्षीया  रमिला यादवको माहुरीले...
माहुरीकाे टाेकाइबाट सप्तरीमा गर्भवतीको मृत्यु

सप्तरी, मंसिर १७ : माहुरीकाे टाेकाइबाट सप्तरीमा एकजना गर्भवती महिलाको मृत्यु भएको छ।

सप्तरीको रुपनी गाउँपालिका १ रुपनी बजारकी २४ वर्षीया  रमिला यादवको माहुरीले टोकेर मृत्यु भएको हो। उनी ६ महिनाकी गर्भवती थिइन्।

शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट फर्कँदै गर्दा माहुरीले टोकेको परिवारजनले बताएका छन्।

माहुरीको टोकाइबाट सिकिस्त भएकी थिइन्। उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममै उनको मृत्यु भएको स्थानीय बासिन्दाले बताए।

प्रकाशित मिति: १७:५९ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्