Kathmandu Press

युट्युब ट्रेन्डिङको नम्बर तीनमा प्रकाश सपुतको ‘फुटेका चुरा’ (भिडियो) 

काठमाडौं, मंसिर १७ : चर्चित गायक एवं सर्जक प्रकाश सपुतको नयाँ लोकदोहोरी गीत ‘फुटेका चुरा’ युट्युब ट्रेन्डिङको नं तीनमा उक्लिएको छ ।सार्वजनिक भएको...
युट्युब ट्रेन्डिङको नम्बर तीनमा प्रकाश सपुतको ‘फुटेका चुरा’ (भिडियो) 

काठमाडौं, मंसिर १७ : चर्चित गायक एवं सर्जक प्रकाश सपुतको नयाँ लोकदोहोरी गीत ‘फुटेका चुरा’ युट्युब ट्रेन्डिङको नं तीनमा उक्लिएको छ ।

सार्वजनिक भएको एक दिनमै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं तीनमा उक्लिएको हो । यो समाचार तयार पार्दासम्म उक्त गीतले ५ लाख ३५ हजार ओभर भ्यूअर पाईसकेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ । गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ ।

Hardik ivf

भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका हुन् । कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।

कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् । आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् । मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् । घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताएका छन् । 

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उनका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे । गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ ।

सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त हुनुहुन्छ । गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै छन्।   । चलचित्रको अहिले छायाङ्कन भइरहेको छ । 

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, मंसिर १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्