Kathmandu Press

नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी, मंसिर १६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा...
नेकपा कुनै पनि हालतमा फुट्दैन : मुख्यमन्त्री भट्ट

डोटी, मंसिर १६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तोसुकै परिस्थितिमा पनि नफुट्ने बताएका छन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले दिपायलमा मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जुनसुकै शक्ति लागे पनि नेकपा नफुट्ने बरु थप मजबुत भएर जाने बताए। उनले भने,‘अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बरु थप सशक्त तथा एक ढिक्का भएर जानेछ।’

मुख्मन्त्री भट्टले पार्टीमा बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत रहेको उल्लेख गर्दै प्रतिपक्ष तथा सरकार ढलाउन खोज्ने कुतत्वले अहिले सरकार फेरबदेल हुने तथा कम्युनिष्टको एकता टुट्दै छ भन्ने हल्ला फिजाएको र त्यसता हल्लाका पछि नलाग्नसमेत सबैमा आग्रह गरेका छन्।
 

प्रकाशित मिति: ००:४३ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्