Kathmandu Press

बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

काठमाडौं, मंसिर १६ :  बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली  पक्राउ परेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय...
बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ
सांकेतिक तस्वीर।

काठमाडौं, मंसिर १६ :  बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली  पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए। प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई समेत उद्धार गरेको छ। उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ। 

नौगारेटविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेका कसुरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको ब्यूरोले जनाएको छ।  नौगारेट गैरपर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रहरी उपरीक्षक पाण्डेले बताए। रासस

प्रकाशित मिति: ००:२६ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्