Kathmandu Press

सरकारविरूद्धको आन्दोलन र महाधिवेशन सँगसँगै अघि बढाउँछौँ :  कमल थापा 

काठमाडौं,  मंसिर १६ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगैसँगै लैजाने बताएका छन्।पार्टी केन्द्रीय सचिवालयले मंगलबार गरेको अन्तर्क्रियामा थापाले...
सरकारविरूद्धको आन्दोलन र महाधिवेशन सँगसँगै अघि बढाउँछौँ :  कमल थापा 

काठमाडौं,  मंसिर १६ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगैसँगै लैजाने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयले मंगलबार गरेको अन्तर्क्रियामा थापाले सरकारको अदूरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको र कांग्रेसको  कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएकाले वैकल्पिक शक्तिको रुपमा राप्रपालाई स्थापित गर्न पार्टीलाई बनाउने गरी अघि बढ्न निर्देशन दिए।

मुलुकमा ब्याप्त भ्रष्टाचार , वेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशव्यापी सक्रियतामा जोड दिए। हिन्दूराष्ट्र र राजसंस्थाको  आवश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकाले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र उर्जाका साथ अघि बढाउने समेत थापाले बताए।

महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न समय सीमाभित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए। कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर प्रधान र भाष्कर भद्रा लगायतले बोलेका थिए।

प्रकाशित मिति: २३:४९ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्