Kathmandu Press

नेप्सेमा झिनो अंकको वृद्धि, सात अर्बको कारोबार

काठमाडौं, मं‌सिर १६ : लगातार दोहोरो अंकको वृद्धि तथा कारोबार रकममा समेत नयाँनयाँ कीर्तिमान कायम गरेको शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार भने...
नेप्सेमा झिनो अंकको वृद्धि, सात अर्बको कारोबार
फाइल तस्वीर।

काठमाडौं, मं‌सिर १६ : लगातार दोहोरो अंकको वृद्धि तथा कारोबार रकममा समेत नयाँ-नयाँ कीर्तिमान कायम गरेको शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार भने झिनो अङ्कले मात्रै उकालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३५ बिन्दुले उकालो लागेर दुई हजार बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने मं‌गलबार १.७७ बिन्दुले ओरालो लागेर ३८३.७९ मा पुगेको छ।

नेप्सेमा झिनो अङ्कको सुधार भए पनि कारोवार रकम भने पनि रु सात अर्ब बराबरको नै भएको छ। कूल १९७ कम्पनीको एक करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर सात अर्ब ४० करोड ४१ लाख ५४ हजार सात मा कारोवार भयो। 

स्टकका अनुसार म‌ंगलबार कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ। बैंकिङ ४१.४३, व्यापार १०७.६४, होटल २०.८२, विकास बैंक ५२.८४, वित्त ७.४३, निर्जीवन बीमा ३४ र सामूहिक लगानी कोष ०.१८ बिन्दुले ओरालो लागे। 

यस्तै, जलविद्युत् ३८.६३, उत्पादन ९९.८१, अन्य १०७.७, लघुवित्त १.४३ र जीवन बीमा २१६.८३ बिन्दुले उकालो लागे।  स्टकका अनुसार मंगलबार कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६५ करोड ७९ लाख ८८ हजार १०२ बराबरको कारोबार भयो। 

यस्तै, नेपाल दूरसञ्चार कम्पनी ४४ करोड ३६ लाख ५० हजार ३९९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३३ करोड ९० लाख ३५ हजार १६८, नेपाल बङ्गलादेश बैंक २५ करोड २६ लाख २४ हजार ५९६, प्रभु बैंक २० करोड ८५ लाख ६० हजार ५३, शिवम् सिमेन्ट २० करोड ३७ लाख २२ हजार ९८२ र नबिल बैंक २० करोड ११ लाख ९४ हजार ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे। 

स्टकका अनुसार मंगलबार पुनर्बीमा कम्पनी ९.९७, रसुवागढी हाइड्रोपावर ९.९६, माथिल्लो तामाकोशी ९.८५, नेपाल दूरसञ्चार कम्पनी ९.७१, साञ्जेन जलविद्युत् कम्पनीका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए। यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७.७३, नेपाल बङ्गलादेश बैंक ५.६८, बोटलर्स नेपाल तराई ५.३२, मल्टीपर्पोज फाइनान्स ५.११ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले ४.५० प्रतिशतले गुमाए। रासस

प्रकाशित मिति: २२:५१ बजे, मंगलबार, मंसिर १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्