Kathmandu Press

नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : स्वास्थ्यमन्त्री ढकाल

भरतपुर, मंसिर १६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन्।योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई...
नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : स्वास्थ्यमन्त्री ढकाल
फाइल तस्वीर।

भरतपुर, मंसिर १६ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन्।

योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको बताएका हुन्।

उनले भने,“महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला। जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन्। आत्मबलले कोरोनासँग जित्न सकिन्छ।”
 
कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो। 
 

प्रकाशित मिति: २१:२१ बजे, मंगलबार, मंसिर १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्