कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु
काठमाडौं, मंसिर १६ : कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। कपिलवस्तु, दाङ, गुल्मी र झापाका एकएक जनाको ज्यान गएको हो।रुपन्देहीको...
काठमाडौं, मंसिर १६ : कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। कपिलवस्तु, दाङ, गुल्मी र झापाका एक-एक जनाको ज्यान गएको हो।
रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीया पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए।
त्यस्तै, बुटवल अस्पतालमै कपिलबस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटाकी ५० वर्षीया महिलाको गएराति मृत्यु भएको छ।
भैरहवाको भीम अस्पतालमा उपचाररत गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय वृद्धको पनि गएराति नै मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार उनलाई चार दिन अघि अस्पताल भर्ना गरिएको थियो।
यसैगरि, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाको दमककी ८२ वर्षीया बृद्धाको आज बिहान मृत्यु भएको छ। उनलाई मंसिर ७ गते कोरोना संक्रमण देखिएको थियो।
त्यहि दिन अस्पताल भर्ना गरिएकी बृद्धालाई श्वासप्रश्वासमा समस्या रहेको थियो। उनी मिगौला रोगबाट पनि पीडित थिइन्।











