Kathmandu Press

रोहमनको हातमा सुष्मिताको नामको ट्याटु

काठमाडौं, मंसिर १६ : बलिउड अभिनेत्री सुष्मिता सेन र रोहमन शालको सम्बन्ध स्ट्रङ बन्डको रुपमा परिचित छ। यो जोडीको केमिस्ट्री निकै शानदार रहेको...
रोहमनको हातमा सुष्मिताको नामको ट्याटु

काठमाडौं, मंसिर १६ : बलिउड अभिनेत्री सुष्मिता सेन र रोहमन शालको सम्बन्ध स्ट्रङ बन्डको रुपमा परिचित छ। यो जोडीको केमिस्ट्री निकै शानदार रहेको छ।

यतिवेला यो जोडी फेरि चर्चामा आएको छ, रोहमनले हातमा बनाएको सुष्मिताको नाम ट्याटुका कारण।

रोहमनले आफ्नो हातमा अंग्रेजीमा ‘सुस’ लेखेका छन्। यो ट्याटु लेखिएको तस्बिर इन्स्टाग्राममा सेयर पनि गरेका छन। त्यसलाई सुष्मिताले पनि सेयर गरेकी छन्।

रोहमनले हाथमा इनफिनिटि सिम्बोल बनाएका छन्। जसमा क्याप्सन लेखेका छन्, ‘इन्क पर्मानेन्ट होइन, तर हाम्रो प्रेम पर्मामेन्ट हो।’ जसमा सुष्मिताले थपेकी छिन्– रोहमान्स।

सामाजिक सञ्जाल तस्बिर पोस्ट गर्न मन पराउने यो जोडिले ताज महलको सामुन्ने खिचिएको फोटोबाट आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। रोहमनले सुष्मिता दुई छोरी रेने र अलिषासँग राम्रो सम्बन्ध निभाउँदै आएका छन्।

प्रायः उनले आफ्नो प्रेमिकासँगै छोरीहरुको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन्।

 

 

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्