Kathmandu Press

सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले वृद्धि

काठमाडौं, मंसिर १६ : स्थानीय बजारमा आज  पहेँलो धातुको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला...
सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले वृद्धि

काठमाडौं, मंसिर १६ : स्थानीय बजारमा आज  पहेँलो धातुको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला ९० हजारमा कारोवार भएको छापावाला सुन आज ५०० रुपैयाँले वृद्धि भई ९० हजार ५०० रुपैयाँ पुगेको छ। 

त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन पनि प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो। यस्तै चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोवार भएको छ। सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोवार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो। 

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, मंसिर १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्