उच्च रक्तस्रावले सुत्केरीको मृत्यु
अछाम, मंसिर १६ : उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ।जिल्ला अस्पताल अछामका डा....
अछाम, मंसिर १६ : उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ।
जिल्ला अस्पताल अछामका डा. अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी नामसरालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो। उनले समयमै उपचार नपाएका कारण मृत्यु भएको चिकित्सकले बताएका छन्।
सोमबार मध्याह्न १२ बजेपछि सुत्केरी व्यथा लागेकी उनलाई अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो।
ढिलो गरि अस्पताल ल्याएका कारण रक्तस्राव रोक्न नसकिएको जनाएको छ। 'रक्तस्राव निकै बढी भएको रहेछ,' डा भारद्वाजले भने, 'ढिलो गरी अस्पताल ल्याउँदा उहाँको मृत्यु भयो।'
मृत शिशु जन्मेको तीन घन्टापछि उनको मृत्यु भएको अस्पतालले जनाएउको छ।
प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











