Kathmandu Press

७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल

काठमाडौं, मंसिर १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन्। भरतपुर अस्पतालको सोमबार आकस्मिक सेवा...
७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ : मन्त्री ढकाल
फाइल तस्वीर।

काठमाडौं, मंसिर १५ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन्। 

भरतपुर अस्पतालको सोमबार आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए।  

Hardik ivf

“खोप कति अनुदानमा र कति खरिद गरेर ल्याउने भन्ने विषयमा सरकारीले निर्णय गर्नेछ”, उनले भने, “खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरे लगत्तै नेपालमा पनि उपलब्ध हुन्छ।” मन्त्री ढकालले कोरोना उपचार र नियन्त्रणका लागि सरकारले गरेको काम उल्लेखनीय रहेको बताउँदै आर्थिक रुपमा विकसित देशसमेत यसको उपचार र रोकथामका लागि घुँडा टेकेको तर वर्तमान सरकारले गरेको सेवा गर्व गर्न लायक रहेको बताए।

“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको छ”, उनले भने, “कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ।” सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे।  
 

प्रकाशित मिति: ०१:४३ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्