Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्रलाई कांग्रेस नेताको सुझाव- पार्टी खोल्नुस्

काठमाडौं, मंसिर १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिएका छन्। सोमबार काठमाडौंमा...
पूर्वराजा ज्ञानेन्द्रलाई कांग्रेस नेताको सुझाव- पार्टी खोल्नुस्

काठमाडौं, मंसिर १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न सुझाव दिएका छन्। 

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता प्रधानले पार्टी खोलेर राजनीतिमा आउन पूर्वराजा शाहलाई चुनौती समेत दिए। प्रधानले भने,‘ राजालाई पार्टी खोल्न चुनौती दिन्छु। त्यो डेमोक्रेसी हो। नीति तथा कार्यक्रम र भिजनसहित आउनुपर्‍यो। तलबाट उठेर आउनुपर्छ।’

राजतन्त्र फर्काउनुपर्छ भनेर देशका विभिन्न भागमा भइरहेका जुलुस तथा प्रदर्शनलाई लिएर उनले धमिलो पानीमा माछा मार्ने खेल भएको टिप्पणी गरे।  ‘यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो। अब नेपालमा राजतन्त्र फर्किँदैन,’उनले भने,‘म च्यालेन्ज गर्छु। गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो।’

फरक प्रसंगमा उनले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाइदा हासिल गर्ने गरी सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिए। उनले नेपालको सेनाले सीमामा त्यति चासो नलिएको बताए।

उनले भने,‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सीमामा सेनाले त्यति चासो दिएको छैन। त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ। सेना डाइरेक्ट जानु पनि हुँदैन। युद्ध भएको अवस्थामा मात्रै जाने हो। नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन’
 

प्रकाशित मिति: २३:१६ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्