Kathmandu Press

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

काठमाडौं, मंसिर १५ : नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन्।सोमबार महासंघको कार्यालयमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी डिबी बस्नेतलाई पराति गर्दै...
उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

काठमाडौं, मंसिर १५ : नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन्।

सोमबार महासंघको कार्यालयमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी डिबी बस्नेतलाई पराति गर्दै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन्। कोषाध्यक्षमा निर्वाचित हिराचनले ४० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी बस्नेतले ३१ मत प्राप्त गरे।

कोषाध्यक्ष चयनका विषयमा कार्यसमितिको बैठकमा सहमति नभएपछि निर्वाचन गराइएको हो। हिराचन वरिष्ठ उपाध्यक्षमा पराजित किशोर प्रधान प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने बस्नेत वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: २२:२९ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्