Kathmandu Press

वल्डलिंक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं, मंसिर १५ : पच्चिस वर्षदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशिल वल्डलिंक कम्युनिकेसन अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको छ।नेपालका...
वल्डलिंक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौं, मंसिर १५ : पच्चिस वर्षदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशिल वल्डलिंक कम्युनिकेसन अन्तर्राष्ट्रिय पुरस्कार डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको छ।

नेपालका शहरी र दुर्गम क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्‍याएको भन्दै वल्डलिंकले उक्त पुरस्कार पाएको हो। वल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिस एलाइन्स (विट्सा)ले मलेसियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाइभ रोड–टु–विट्सा मलेसिया हाइब्रिड कार्यक्रममा उक्त परस्कार वल्डलिंकले पाएको हो।

Hardik ivf

‘यस वर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनोटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए। २० वर्षदेखि आयोजना गर्दै आईरहेको पुरस्कार आयोजनामा यस वर्षका जति धेरै सहभागिहरूलाई समीक्षा एवं सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौ,’ विट्साका अध्यक्ष यभोन्ने चियुले भने ।

वल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले पुरस्कारले थप हौसला मिलेको प्रतिक्रिया दिए। ‘डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो। हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं’, अग्रवालले भने।

विट्सा आइसिटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो। जसमा विश्वभरीका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध छन्।
यो पुरस्कार पाउने वल्र्डलिंक नेपालको पहिलो कम्पनी हो

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्