Kathmandu Press

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ, मंसिर १५ : धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। चालु वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिक...
धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ, मंसिर १५ : धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। चालु वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो। जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताए।

विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन्। 

Hardik ivf

असोज महिनामा मात्रै ३३ करोड ५५ लाख रुपैयाँ बराबरको रेमिट्यान्स आएको छ। विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ। 

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक ४० देखि ५० लाखसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ। कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ। 

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्