Kathmandu Press

सुनको मूल्य ९० हजारमा झर्‍यो

काठमाडौं, मंसिर १५ : तिहारपछि लगातार ओरालो लागेको सुनको मूल्य आज ९० हजारमा झरेको छ। दुई सातामा प्रतितोला पाँच हजार घटेको छ।नेपाल सुनचाँदी...
सुनको मूल्य ९० हजारमा झर्‍यो

काठमाडौं, मंसिर १५ : तिहारपछि लगातार ओरालो लागेको सुनको मूल्य आज ९० हजारमा झरेको छ। दुई सातामा प्रतितोला पाँच हजार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको छ। आइतबार ९० हजार सात सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९० हजार कायम भएको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य भने ६ सय ५० रुपैयाँले घटेको छ। आइतबार ९० हजार दुई सयमा कारोबार भएको थियो भने आज ८९ हजार पाँच सय ५० कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: १७:२५ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्