Kathmandu Press

हलिउड अभिनेता डेभिड प्राउजको निधन

काठमाडौं, मंसिर १५ : हलिउड अभिनेता डेभिड प्राउजको निधन भएको छ। उनको ८५ वर्षको उमेरका निधन भएको हो।डेभिड अभिनेताका साथै बडी बिल्डर पनि...
हलिउड अभिनेता डेभिड प्राउजको निधन

काठमाडौं, मंसिर १५ : हलिउड अभिनेता डेभिड प्राउजको निधन भएको छ। उनको ८५ वर्षको उमेरका निधन भएको हो।

डेभिड अभिनेताका साथै बडी बिल्डर पनि थिए। उनी ‘स्टार वार्स’को डार्थ वाडर भूमिकाको कारणले संसारभर परिचित बनेका थिए।

डेभिडले अभिनय करियरको सुरुआत टिभीबाट गरेका थिए। उनी पहिलो पटक सन् १९६८ ह्यामहेड फिल्ममा देखिएका थिए।

त्यसपछि उनी फिल्म ‘स्टार वार्स’का लागि छानिएका थिए। उनले अभिनय करियरमा ‘स्पेस १९९९’, ‘एज यु लाईक इट’ र आइएम युअर फादर’लगायत थुप्रै फिल्म खेलेका छन्।

 

प्रकाशित मिति: १७:०५ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्