Kathmandu Press

नेताहरुको उन्मादले नेकपाभित्र विवाद : पूर्वमन्त्री विष्ट

गुल्मी, मंसिर १५ : पूर्वमन्त्री एवं नेकपा नेता गोकर्ण विष्टले नेताहरुको उन्मादका कारण नेकपामा विवाद उत्पन्न भएको बताएका छन्।आज बिहान गुल्मीको धर्कोट गाउँपालिमाका...
नेताहरुको उन्मादले नेकपाभित्र विवाद : पूर्वमन्त्री विष्ट

गुल्मी, मंसिर १५ : पूर्वमन्त्री एवं नेकपा नेता गोकर्ण विष्टले नेताहरुको उन्मादका कारण नेकपामा विवाद उत्पन्न भएको बताएका छन्।

आज बिहान गुल्मीको धर्कोट गाउँपालिमाका १५ शय्याको अस्पतालको शिलान्यास गर्दै नेता विष्टले नेताहरुको उन्मादका कारण विवाद सिर्जना भएको बताए।

सत्ता सञ्चालनमा ढंग नपुग्दा राजतन्त्रवादी सल्बलाउन थालेको उनेका भनाइ थियो। 'दलभित्रको खिचातानीबाट फाइदा उठाउन धमिलो पानीमा माछा मार्ने शक्ति सल्बलाएका छन्,' नेता विष्टले भने, 'देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका कारण यो अवस्था आएको हो।'

कार्यक्रममा प्रदेश सासद तथा नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी र धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले देशभरका तीन सय ९६ वटै स्थानीय तहमा अस्पताल शिलान्यास गर्नु विकट गाउँका जनताका लागि आजको दिन उत्सवमय भएको बताए।

 

प्रकाशित मिति: १६:४२ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्