Kathmandu Press

आलिया र रणवीरको फिल्म 'ब्रह्मास्त्र'को बजेट तीन सय करोड

मुम्बई, मंसिर १४ : बलिउड निर्देशक अयान मुखर्जीले नयाँ फिल्म ब्रह्मास्त्रको घोषणा गरेका छन्। यसको बजेट तीन सय करोड भारतीय रुपैयाँ हुने भएको...
आलिया र रणवीरको फिल्म 'ब्रह्मास्त्र'को बजेट तीन सय करोड

मुम्बई, मंसिर १४ : बलिउड निर्देशक अयान मुखर्जीकाे फिल्म 'ब्रह्मास्त्र'को बजेट तीन सय करोड भारतीय रुपैयाँ हुने भएको छ।

यो फिल्म घोषणासँगै चर्चा सुरु भएको छ। एक त यसमा आलिया भट्ट र रणवीर कपूरले अभिनय गर्ने भएका छन्। यो जोडी प्रेम सम्बन्धमा रहेको छ।

Hardik ivf

अर्को, यसको बजेटले हलचल ल्याएको छ। यसको बजेट तीन सय करोड भारतीय रुपैयाँ पुग्ने जनाएको छ। जुन बलिउडमा अहिलेसम्मकै सबैभन्दा बढी हो।

यसको निर्माण टिमले सबैभन्दा धेरै बजेटको फिल्म बनाउन लागेको बताएका छन्। उनीहरुले तीन सय करोडभन्दा पनि बढी हुने संकेत गरेका छन्।

यस फिल्ममा आलिया, रणवीरसँगै अमिताभ बच्चन, मौनी राय, डिम्पल कपाडिया र अक्किनेनी नागार्जुनको मुख्य भूमिका रहनेछ।

 

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्