Kathmandu Press

प्राविधिक शिक्षा पढाउन आवश्यक छ : उपाध्यक्ष डा कँडेल

धादिङ, मंसिर १४ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले  प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गरेका छन्।नीलकण्ठ बहुमुखी क्याम्पसको...
प्राविधिक शिक्षा पढाउन आवश्यक छ : उपाध्यक्ष डा कँडेल

धादिङ, मंसिर १४ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले  प्राविधिक शिक्षाको अध्ययन अध्यापनमा जोड दिन नीलकण्ठ क्याम्पसलाई आग्रह गरेका छन्।

नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पससभाको दोस्रो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले प्राविधिक विषय इञ्जिनीयरिङ र चिकित्सक विषयको अध्ययन थप गर्नुपर्ने बताएका हुन्। बजारमा प्राविधिक विषयको अध्ययन गर्ने जनशक्तिको माग धेरै भए पनि पढाइ नभएका कारण मागसमेत परा गर्न नसकेको यसतर्फ लाग्नुपर्ने उपाध्यक्ष डा कँडेलको भनाइ छ। 

कार्यक्रममा सांसद खेमप्रसाद लोहनीले जिल्लाको शिक्षाको विकास क्याम्पसले गरेकोले यसलाई सबैको पहुँचमा हुनेगरी उपयोगी बनाउनुपर्नेमा जोड दिएका छन्। सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न क्याम्पससभामा क्याम्पस प्रमुख नवराज शर्माले रणनीतिक योजना र शैक्षिक गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। 

नीलकण्ठ क्याम्पसमा ९८९ विद्यार्थी रहेका छन्। प्राविधिक शिक्षा शुरुआतका लागि आवश्यक प्रक्रिया अघि बढाउने र  सहकारीसम्बन्धी नयाँ पाठ्यक्रम निर्माण गर्र्ने आधार तय गर्ने क्याम्पससभाले निर्णय गरेको छ। 

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्