Kathmandu Press

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ह्रास

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ह्रास
Hardik ivf

काठमाडौं, मंसिर १४ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ६०० रुपैयाँले ओरालो लागको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन आज प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोवार भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोवार भएको थियो। यस्तै चाँदी आज प्रतितोला एक हजार १५० रुपैयाँमा कारोवार भएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोवार भएको थियो। शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

प्रकाशित मिति: १८:१६ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्