Kathmandu Press

दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं, मंसिर १४ : लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ।दूधपोखरी...
दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं, मंसिर १४ : लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपे खोलामा नौ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले निर्माण गर्ने आयोजनाको वातावरणीय प्रभावबारे परीक्षण गर्ने प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभाग र प्रवर्द्धधक कम्पनीका तर्फबाट सूचना जारी गरिएको छ।

Hardik ivf

चेपे खोलाको पानी प्रयोग गरी गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा आयोजनाको विद्युत्गृह स्थापना हुनेछ। नदी प्रवाही प्रकृतिको आयोजनाबाट कूल ८.८३ मेगावाट विद्युत् उत्पादन हुनेछ।

आयोजनाको मुख्य संरचना चेपे खोलाको बायाँ किनारमा पर्दछ। आयोजनाको विद्युत्गृह चेपे खोलाको तालबगरमा रहेको छ।

विद्युत् उत्पादनका लागि १.५ मिटर लम्बाइ र १.५४ मिटर उचाइको बाँध निर्माण हुनेछ। खोलाको पानीलाई तीन हजार ११९ मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पठाइनेछ।

विद्युत्गृहमा ४.७ मेगावाट क्षमताका दुई वटा टर्वाइन जडान गरिनेछ। उत्पादित विद्युत् २८ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारणलाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित स्थानीय कीर्तिपुर सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट विसं २०८० जेठ २९ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट वार्षिक ५६.४१ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने जनाएको छ।

आयोजनाले स्थानीयस्तरमा पार्ने वातावरणीय प्रभावबारे जानकारी दिन विभाग र प्रवर्द्धधक कम्पनीले सार्वजनिक सूचना जारी गरेका हुन्। (रासस)

प्रकाशित मिति: १६:३२ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्