बन्दुकसहित नुवाकाेटमा पाँच जना पक्राउ
नुवाकोट, मंसिर १४ : नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको...
नुवाकोट, मंसिर १४ : नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने एक सय ग्राम बारुदसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए।
नुवाकोटको म्यागङ गाउँपालिका–३ का २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित तीन जना बालक रहेका छन्।
उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट गरेको कार्कीले बताए। उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १५:५७ बजे, आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











