कोरोना संक्रमणबाट रुपन्देही र कपिलवस्तुका एक-एक जनाको मृत्यु
बुटवल, मंसिर १३ : कोरोना भाइरसको संक्रमणबाट रुपन्दहेी र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र...
बुटवल, मंसिर १३ : कोरोना भाइरसको संक्रमणबाट रुपन्दहेी र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ५ गते अस्पताल भर्ना भएका बुटवलका ४२ वर्षीय पुरुषको र मंसिर ९ गते भर्ना भएका गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।
योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० र कपिलवस्तुमा १८ पुगेको छ।
प्रकाशित मिति: १६:१८ बजे, शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











