Kathmandu Press

प्रहरी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ 

वीरेन्द्रनगर, मंसिर १३ : सुर्खेतमा प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाही...
प्रहरी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ 
सांकेतिक तस्वीर।

वीरेन्द्रनगर, मंसिर १३ : सुर्खेतमा प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना युवक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो।

धामीलाई १२ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। ‘समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ”, उनले भने, “पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन्।” 

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

प्रकाशित मिति: १५:३५ बजे, शनिबार, मंसिर १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्