Kathmandu Press

स‌ंजय अझ ह्यान्डसम र स्वस्थ्य देखिएका छन् : कंगना

मुम्बई, मंसिर १२ : अभिनेत्री कंगना रौनत आउदो फिल्म ‘थलाइवी’को अन्तिम सुटिङको लागि हैदराबादमा छिन्। उनले सुटिङकै क्रममा अभिनेता संजय दत्तलाई भेटेकी छन्।कंगनाले...
स‌ंजय अझ ह्यान्डसम र स्वस्थ्य देखिएका छन् : कंगना

मुम्बई, मंसिर १२ : अभिनेत्री कंगना रनाैत आउदो फिल्म ‘थलाइवी’को अन्तिम सुटिङको लागि हैदराबादमा छिन्। उनले सुटिङकै क्रममा अभिनेता संजय दत्तलाई भेटेकी छन्।

कंगनाले सामाजिक सञ्जालमा संजयसँगको फोटो सेयर गर्दै स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनले लेखेकी छिन्, ‘हामी हैदराबादको एउटै होटलमा बसेको थाहा पाएपनि आज बिहानै संजू सरलाई भेट्न  र उनको स्वास्थ्यबारे सोध्न पुगेँ। अत्यन्तै खुशी पनि भए। किनकि, संजय अझै पहिलेभन्दा ह्यान्डसम र स्वस्थ देखिएका छन्।’

Hardik ivf

संजय दत्तलाई फोक्सो क्यान्सर भएको छ। उनलाई स्वास लिन कठिनाई भएपछि मुक्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो। उनले क्यान्सरको लडाइ जितेको गत महिना जानकारी दिएका थिए।

कंगना फिल्म थलाइबीको मुख्य भुमिकामा देखिदै छिन्। उनी तमिलनाडुको पूर्व सीएम जयललिताको भूमिकामा देखिने भएकी छिन्। यस फिल्म जयललिताको बायोपिकमा आधारित छ।

फिल्मलाई एएल विजयले निर्देशन गरिरहेका छन्। यो फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुनेछ।

 

 

प्रकाशित मिति: २०:३० बजे, शुक्रबार, मंसिर १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्