Kathmandu Press

आईपीएलको पहिलो सेमिफाइनल आज, मुम्बई र चेन्नेइ भिड्दै

काठमाडौं, वैशाख २४ : इन्डियन प्रिमियर लिग (आईपीएल)को आज पहिलो सेमिफाइनल अर्थात क्वालिफायर हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन र चेन्नेइ सुपरकिंग्स भिड्द....

आईपीएलको पहिलो सेमिफाइनल आज, मुम्बई र चेन्नेइ भिड्दै
एजेन्सी

काठमाडौं, वैशाख २४ : इन्डियन प्रिमियर लिग (आईपीएल)को आज पहिलो सेमिफाइनल अर्थात क्वालिफायर हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन र चेन्नेइ सुपरकिंग्स भिड्दै छन्।

आज राति ८ बाजे मुम्बई र चेन्नेइबीचको खेल हुने छ। मुम्बई शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको हो। उसले लिग चरणका १४ खेलमध्ये नौ खेल जितेको छ भने पाँचमा हार बेहोरेको छ।

आइतबार भएको लिगको अन्तिम खेलमा कोलकत्ता नाइट राइडरलाई हराउँदै मुम्बई शीर्षस्थानमा पुगेको हो। उसले १८ अंक जोडेको छ।

त्यस्तै, चेन्नेई पनि १८ अंकका साथ क्वालिफायरमा पुगेको हो। उसले नौ खेल जितेको छ भने पाँच खेल गुमाएको छ।

तर, उसको रनरेट मुम्बइभन्दा कम छ। मुम्बईको ०.४२१ छ भने चेन्नेइको ०.१३१ छ।

त्यस्तै, नौ खेल जितेर १८ अंक नै जोडेको सन्दीप लामिछानेकाे दिल्ली क्यापिटल्स भने ०.०४४ रनरेट हुँदा क्वालिफायरमा पुग्न सकेन्। उसले इलिमिनेटरमा सनराईज हैदरावादसँग खेल्ने छ।

आजको खेलको विजेता फाइनल प्रवेश गर्ने छ। त्यस्तै आजको खेलमा पराजित भएको टिम फाइनल प्रवेशका लागि अर्को मौका पाउँने छ। उसले दिल्ली र हैदरावादबीच हुने खेलको विजेतासँग खेल्ने छ।

आज सेमिफाइनल अर्थात क्वालिफायरमा मुम्बईको नेतृत्व रोहित शर्माले गर्ने छन भने चेन्नेइको नेतृत्व महेन्द्रसिंह धोनीले गर्ने छन्।

प्रकाशित मिति: १२:५५ बजे, मंगलबार, वैशाख २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्