Kathmandu Press

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बागलुङ, मंसिर १२ : जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। कात्तिक अन्तिम सातादेखि अवैध...
बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बागलुङ, मंसिर १२ : जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजीमा जुटेको प्रहरीले दुई हप्ताका अवधिमा ती बन्दुक फेला पारेको हो।

गत कात्तिक २८ गते  बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मङ्सिर ४ गते ताराखोला गाउँपालिका–४ का विभिन्न ठाउँबाट १२ थान, मङ्सिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक वनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, मङ्सिर ११ गते ताराखोलाकै वडा नं २ बाट नौ थान र वडा नं ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुन सक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताए। अवैध बन्दुक कसले र किन बेबारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्