Kathmandu Press

बीएन र एमएनको प्रवेश परीक्षा अनिश्चित

भक्तपुर, मंसिर १२ : परीक्षा फर्म भरेको पाँच महिना बितिसक्दा पनि बीएन र एमएनको परीक्षा भएका छैन। अझै पनि अनिश्चित रहेको छ।चिकित्सा शिक्षा...
बीएन र एमएनको प्रवेश परीक्षा अनिश्चित

भक्तपुर, मंसिर १२ : परीक्षा फर्म भरेको पाँच महिना बितिसक्दा पनि बीएन र एमएनको परीक्षा भएको छैन। अझै पनि अनिश्चित रहेको छ।

चिकित्सा शिक्षा आयोगले असोज ३१ गतेबाट बीएन र एमएनको प्रवेश परीक्षाको लागि फर्म खोलेको थिए। तर, अदालतमा मुद्दा पर्दा अहिलेसम्म हुन सकेको छैन।

बीएन र एमएनको प्रवेश परीक्षाका लागि आठ हजार विद्यार्थीले फर्म भरेका थिए। उनीहरुले फर्म शुल्क पाँच हजार तिरेका थिए।

परीक्षा फर्म खुलेपछि अदालतमा मुद्दा परेकाले परीक्षा लिन नसिकिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बताए। ‘अहिले अदालतमा चार वटा मुद्दा विचारधिन छन्। मुद्दा किनारा नलाग्दा परीक्षमा ढिलाइ भएको छ,’ अध्यक्ष प्रा.डा. गिरीले भने।

बीएन र एमएनको प्रवेश परीक्षाको फर्म खुलेपछि विदेशी विद्यार्थीले नेपालमा आएर परीक्षा दिएर मात्र भर्ना गर्न पाउनुपर्ने, समानुपातिक सन्दर्भमा संविधान अनुसारको ऐन नभएको, सरकारी स्थायी चिकित्सकलाई सुनिश्चित नगरेको र करारमा रहेकालाई पनि सुविधा दिनुपर्ने मागसहित चार वटा मुद्दा परेका थिए।

तर, कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म सुनुवाइ भएको छैन। मुद्दाको छिनोफानो नहुँदा परीक्षा लिन नसकिएको आयोगले जनाएको छ।

 

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्