सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घट्यो
काठमाडौं, मंसिर १२ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले ओरालो लागेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन...
काठमाडौं, मंसिर १२ : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोवार भएको छ। बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो।
तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोवार भएको छ। बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोवार भएको थियो। चाँदी आज प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोवार भएको छ।
बिहीबारका तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेको हो। बिहीबार चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोवार भएको थियो।
प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, मंसिर १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
