Kathmandu Press

भतिजको कुटाइबाट काकाको मृत्यु

महोत्तरी, मंसिर १२ : महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ।मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको...
भतिजको कुटाइबाट काकाको मृत्यु

महोत्तरी, मंसिर १२ : महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा गएराति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ।

मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको उनका भतिजाको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।

बिहीबार बिहान आपसी विवादमा ३५ वर्षीय विनोद मण्डलले खेलावनलाई कुटपिट गरेका थिए। कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो। सामान्य उपचार गरेर घर फर्केका उनको गएराति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताए।

प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरेको छ। खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्