Kathmandu Press

केपी ओलीकै नेतृत्वमा समृद्धिको सपना पूरा हुन्छ : मानन्धर

काठमाडौं, मंसिर ११ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन्।फोकस नेपालले बिहीबार...
केपी ओलीकै नेतृत्वमा समृद्धिको सपना पूरा हुन्छ : मानन्धर

काठमाडौं, मंसिर ११ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पूरा हुने बताएका छन्।

फोकस नेपालले बिहीबार आयोजना गरेको ‘कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भूमिका’ विषयक अन्तर्क्रियामा राज्यमन्त्री मानन्धरले जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएको प्रतिबद्धतानुसार वर्तमान सरकारले काम गर्ने बताएका हुन्।

सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शीर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्ने गरी निर्णय आउने उनले ठोकुवा गरे।

प्रकाशित मिति: २३:५३ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्