Kathmandu Press

भूमिमा रहेको द्वैध स्वामित्व सदाका अन्त्य लागि गर्छौं : मन्त्री अर्याल

काठमाडौं,  मंसिर ११ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखि जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका...
भूमिमा रहेको द्वैध स्वामित्व सदाका अन्त्य लागि गर्छौं : मन्त्री अर्याल

काठमाडौं,  मंसिर ११ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखि जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गरिने बताएकी छिन्।

भूमि सम्बन्धी समस्या समाधान आयोगको पहिलो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले लामो समयदेखि रहँदै आएको भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताएकी हुन्।

उनले सहमति भए आधा–आधा बराबरी बाँडफाँड हुने र सहमति हुन नसकेमा राज्यले गरिदिने समेत बताइन्। ‘यदि सहमतिमा हुन नसके राज्यले गरिदिन्छ भन्ने ढंगले अलिकति दह्रो गरी कानून बनाएर सिधै राज्यले हस्तक्षेप गरेर भएपनि द्वैध स्वामित्वको अन्त्य गर्छाैँ’, मन्त्री अर्यालले भनिन्, ‘नत्र सहमति भन्यो, तल मिलेर आउ भन्यो कुरा मिल्दै मिल्दैन। यसले समस्या सधैँ रहिरहने भयो। यो कुरालाई अन्त्य गर्न राज्यले हस्तक्षेप गर्छ।’
 
भूमिहीन सुकुम्बासीलाई भूमिको मालिक बनाउने सरकारको अभियान भएको मन्त्री अर्यालले बताइन्। 

प्रकाशित मिति: २२:२८ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्