Kathmandu Press

पार्टी एकताका लागि विप्लवसँग कुरा हुँदैछ : किराँती

काठमाडौं, मंसिर ११ :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन्। बिहीबार केन्द्रीय समिति...
पार्टी एकताका लागि विप्लवसँग कुरा हुँदैछ : किराँती

काठमाडौं, मंसिर ११ :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकताका लागि छलफल भइरहेको बताएका छन्। 

बिहीबार केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा किराँतीले एकताका लागि विप्लवसँग छलफल भइरहेको बताएका हुन्। उनले आफ्नो पार्टीको आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुने र त्यतिबेलासम्म वातावरण निर्माण हुने पनि दाबी गरे।

यस्तै, केन्द्रीय समिति बैठकले मुख्यतः रुपान्तरण र महाध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको उनले बताए। मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने पनि निर्णय गरेको किराँतीले बताए।

‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंकविरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, नेकपा सरकारको  भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरिएको छ,’ उनले भने।
 

प्रकाशित मिति: २०:५५ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्