तनहुँको आबुखैरेनीमा बस दुर्घटना, १७ जना घाइते
काठमाडौं, मंसिर ११ : तनहुँको आबुखैरेनीमा बस दुर्घटना भएको छ। बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।लु २...
काठमाडौं, मंसिर ११ : तनहुँको आबुखैरेनीमा बस दुर्घटना भएको छ। बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो आबुखैरेनी गाउँपालिका ३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। बस पुलबाट अन्दाजी ५ सय मिटर तल खसेको छ।
तनहुँ प्रहरीका अनुसार विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई बसको पछाडिको भागले ठक्कर दिँदा दुर्घटना भएको हो।
प्रकाशित मिति: २०:१८ बजे, बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











