Kathmandu Press

फिल्म ‘बब विश्वास’मा अभिषेक बच्चनको नयाँ लुक्स

काठमाडौं, मंसिर ११ : बलिउड अभिनेता अभिषेक बच्चन नयाँ थ्रिलर फिल्म ‘बब विश्वास’मा नयाँ लुक्समा देखिने भएका छन्।यतिवेला सुटिङमा व्यस्थ अभिषेकले बब विश्वासको...
फिल्म ‘बब विश्वास’मा अभिषेक बच्चनको नयाँ लुक्स

काठमाडौं, मंसिर ११ : बलिउड अभिनेता अभिषेक बच्चन नयाँ थ्रिलर फिल्म ‘बब विश्वास’मा नयाँ लुक्समा देखिने भएका छन्।

यतिवेला सुटिङमा व्यस्थ अभिषेकले बब विश्वासको नयाँ लुक्सा सार्वजनिक भएको छ। अभिषेकको ‘बब विश्वास’मा छायाँकन हुँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

तस्बिरमा उनलाई पहिल्याउन मुश्किल परेको छ। एनको फ्यान क्लबले उक्त्त तस्विर सोसल मिडियामा राखेका छ।

अभिषेक आफ्नो कामलाई लिएर निकै गम्भीर रहने गर्छन्। उनलाई यस फिल्ममा भिन्न लुक्स देख्न सकिनेछ।

कोरोना संक्रमणका कारण उनको फिल्म ‘लूडो’ नोबेम्बर १२ मा नेटफ्लिक्समार्फत रिलिज भएको थियो। जसमा उनी छोराका भूमिकामा देखिएका थिए।

अभिषेकले आफ्नो पहिल्यै तय भएका फिल्मका काम सकेर ‘बब विश्वास’ को काम थालेका हुन्। यसमा अभिषेकसँगै चित्रांगदा सिंह मुख्य भूमिकामा रहेकी छिन्।

यो फिल्म गौरी खान, सुजाय घोष र गौर वर्माको प्रडक्शन रहेको छ। यस फिल्मलाई अन्नपूर्ण घोषले निर्देशन गरिरहेका छन्।

 

 

 

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्