गण्डकी प्रदेशमा थपिए ५० संक्रमित
पोखरा, मंसिर ११ : गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २१, लाईफ केयर...
पोखरा, मंसिर ११ : गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २१, लाईफ केयर एन्ड डायग्नोस्टिक प्रालिमा २२ र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आज थपिएका संक्रमतहरुमध्ये बाग्लुङका चार, गोरखाका पाँच, तनहुँका सात, कास्कीका २८ र पूर्वी नवलपरासी ६ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको सख्या ११ हजार पाँच सय २९ पुगेको छ।
प्रकाशित मिति: १९:४४ बजे, बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











