Kathmandu Press

बलिउडका १० फिल्मलाई उछिन्दै 'जलीकट्टु' अस्करका लागि छनोट

बलिउडका १० फिल्मलाई उछिन्दै 'जलीकट्टु' अस्करका लागि छनोट

मुम्बई, मंसिर ११ : बलिउडका १० फिल्मलाई उछिन्दै मलयालम फिल्म 'जलीकट्टु' अस्करका लागि छनोट भएको छ। विदेशी भाषाको फिल्मका लागि भारतबाट 'जलीकट्टु'ले प्रतिस्पर्धा गर्ने भएको हो।

सन् २०१९ मा रिलिज भएको यो फिल्म शान्ती बालचन्द्रन, एन्टोनी भग्रीज, तिनु पाप्पाचनको अभिनय रहेको छ। यसलाई लिजो जोसले निर्देशन गरेका हुन्।

सन् २०२१ को अस्करका लागि भारतमा सात वटा फिल्म प्रतिस्पर्धामा थिए। जसमा अमिताभ बच्च र आयुष्मान खुरानाको गुलाबो सिताबो, प्रियंका चोपडा, फरहान अख्तर र जायरा वसमिको द स्कार्य इज पिंक, दीपिका पादुकोणको छपाक, नवाजुद्दीन सिद्दीकी र श्वेता बसु प्रसादको सिरियस म्यान रहेका थिए।

त्यस्तै, जाहन्वी कपूर, अंगद वेदी र पंकज त्रिपाठीको गुंजन सक्सेना ः द कारगिल गर्ल, विद्या बालन, सान्या मल्होत्रा, जिशू सेनगुप्ता र अमित साधको शकुन्तला देवी, विधु विनोद चोपडाले निर्देशन गरेको शिकारा, राजकुमार राव, नुसरत भरुचा, मोहम्मद जीशान अयूब, सौरभ शुक्ला र सतीश कौशिकको छलांग, संजय मिश्रा, दीपक डोबरियाल, इशा तलवार र अवतार गिलको कामयाब तथा विनय पाठक, तिलोतमा शोभ, वेदान्त छिब्बर र सीमा पहवाको चिन्टु का बर्थडे प्रतिस्पर्धामा थिए।

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्