Kathmandu Press

बालिका हत्याका दोषीलाई कारवाहीको माग

काठमाडौं, मंसिर ११ : राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया  गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ।पार्टीका प्रवक्ता...
बालिका हत्याका दोषीलाई कारवाहीको माग

काठमाडौं, मंसिर ११ : राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया  गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै बालिकाको हत्या स्वीकार गर्ने स्थानीयवासी अरुण शाहलाई कारवाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन्।

पीडितलाई न्याय दिनाको सट्टा न्याय माग्ने जनतामाथि दमन गरिएको घटनाको पनि छानबिन गर्न पार्टीले माग गरेको छ।

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, मंसिर ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्