Kathmandu Press

सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : मन्त्री मगर

कञ्चनपुर, मंसिर ११ : खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छिन्कञ्चनपुरको पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका...
सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : मन्त्री मगर

कञ्चनपुर, मंसिर ११ : खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छिन्

कञ्चनपुरको पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हिंसारहित समाज निर्माणका लागि सबै तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन्। महिलाविरुद्धका सबैखाले हिंसाको अन्त्य हुनुपर्छ, त्यसका लागि सबैले लाग्नुपर्छ,' मन्त्री मगरले भनिन्।

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो। समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्नेमा उनले जोड दिइन्।

चुनावका वेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन्। 'विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन,' मन्त्री मगरले भनिन्, 'विकास सबैका लागि हो। सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ।'

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइन।

प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, मंसिर ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्